काठेखोलाका ५ सय घर बाढीपहिराको उच्च जोखिममा
बाग्लुङ | असार १०, २०८२
तस्बिर फाइल
ढोरपाटन: बागलुङको काठेखोला गाउँपालिकामा ४७९ घर बाढीपहिराको उच्च जोखिममा परेका छन्। सडक छेउ र खोला किनारका घर बाढीपहिराको उच्च जोखिममा परेका हुन्।
सबैभन्दा बढी काठेखोला९७ रेशमा र वडा नम्बर ६ तल्लो बिहुँका घर जोखिममा परेका गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले जानकारी दिए। उनका अनुसार वडा नं ७ रेशमा १२६ र वडा नं ६ तल्लो बिहुँमा नौ घर बाढीपहिरोको जोखिममा परेका छन्।
रेशका ६० घर पहिरो जाने भिरालो जमिनमा रहेका र ६६ वटा बस्तीको छेउछाउ मोटरबाटोका कारण जोखिममा रहेको विकले बताए। तल्लो बिहुँका नौ वटा घर भिरालो जमिनमा रहेकाले जोखिममा परेका उनले जानकारी दिए। आठ वटा वडा रहेको काठेखोलाका धेरैजसो वडाका घर जोखिममा परेका छन्।
वडा नं २ भीमापोखरामा ५२ घर पहिरो जाने भिरालो जमिनमा रहेका र पाँच मोटरबाटो निर्माणका कारण जोखिममा परेका विकले बताए। उनका अनुसार वडा नं ३ धम्जामा एक घर खोलाको जोखिममा, ४६ भिरालो जमिनमा र २१ वटा सडक छेउका घर जोखिममा परेको छ। वडा नं ४ तङ्ग्राममा १३ घर भिरालो जमिनमा रहेका र २२ वटा सडक छेउका पहिरोको जोखिममा छन्।
वडा नं ५ माथिल्लो बिहुँमा १४ घर भिरालो जमिनमा रहेका र ५८ सडक निर्माणपछि पहिराको जोखिममा रहेका प्रवक्ता विकले बताए। वडा नं ८ लेखानीमा ५८ वटा भिरालो जमिनमा रहेका घर जोखिममा रहेका छन्। उहाँका अनुसार खोला किनारमा रहेका ३०, कमजोर भिरालो जमिनमा रहेका २७७ र मोटरबाटोको छेउमा रहेका १७२ घर पहिराको उच्च जोखिममा छन्।
विपद् व्यवस्थापन समिति काठेखोलाले जोखिममा रहेका घरको तथ्याङ्क सङ्कलन गरेर नागरिकलाई सचेत बनाइरहेको गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए। जोखिममा रहेका परिवारलाई पुनःस्थापना गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्ने उनको भनाइ छ।
‘भौगोलिक अवस्था र कमजोर जमिनका कारण बर्सेनि वर्षात्को समयमा घरबस्ती बाढी र पहिराले बगाउने समस्या छ। बाढी पहिरोबाट नागरिकको ज्यान बचाउन सचेत बनाएका छौँ’, उनले भने, ‘ठूलो वर्षा भएको समयमा जोखिममा रहेका घरमा नबस्न आग्रह गरेका छौँ । क्षति भएमा यति धेरै घर बनाउन पालिकाको स्रोतले नसक्ने भएकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर सुरक्षित स्थानमा व्यवस्थापन गर्ने पहल गरिरहेका छौँ।’
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

